प्रमुख सचेतकहरूसँग सभामुखको छलफल : सदनको कार्यतालिका लागू गर्ने 

बिहीबार, साउन ३, २०८१

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा संघीय संसदको कार्यतालिका र विचाराधिन विधेयकहरुको बारेमा छलफल गरेका हुन् । छलफलमा सदन चलाउने क्यालेन्डर र समितिका बैठकबारे साउन १५ गतेसम्मको क्यालेन्डर बनाएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनले थपे, ‘ साउन १५ गतेसम्मको छ दिनको बैठकको लातिका ६,७,८र १३ १४ १५ यो निर्धारण भयो । अन्य दिनहरुमा समितिको बैठक बस्ने र समितिमा विचाराधिन विधेयकहरुमा छलफल चलाएर चाँडो सदनमा ल्याउने वातावरण बनाउने विषयमा छलफल भयो । कुन बैठकमा कुन  विधेयकहरूमाथि छलफल गर्ने भनेर कार्यसूचि पनि बनाएको छौं ।  थप छलफलको लागि भोलि १ बजे बस्ने हाम्रो कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्छ ।’ त्यसैगरी प्रधानमन्त्रीको विश्वासको मतबारे समेत छलफल भएको बर्तौलाले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार