चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेका ७६ वर्षीय वृद्धको मृत्यु

बिहीबार, साउन ३, २०८१

चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) को तेस्रो तलाबाट खसेका एक वृद्धको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो । बिहीबार बिहान १०: ४० बजेको समयमा तेस्रो तलाको झ्यालबाट खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  प्रहरीका अनुसार झ्यालबाट खसेर घाइते भएका मगरको सोही अस्पतालमा उपचारको क्रममा बिहान ११: ३० बजे मृत्यु भएको हो । पिसाब थैलीमा क्यान्सर देखिएपछि साउन २ गते अस्पतालमा भर्ना भई उपचार गराइरहेका मगर दृष्टिविहीनको समस्याका कारण बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खसेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार