संविधान र कानूनलाई शिरमा राखेर काम गर्छु : महान्यायाधिवक्ता बडाल

बिहीबार, साउन ३, २०८१

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण लगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पद भारका क्रममा महान्यायाधिवक्ता बडालले संविधान र कानूनलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘संविधानले जे दायरा लागू गरेको छ, त्यो दायरा अनुसार नै मैले र मेरो कार्यालयले सम्पूर्ण काम कारबाहीहरु गर्ने छ । यो काम गर्दा हामीले शिरमा संविधान र कानूनलाई राख्छौं । संविधान र कानूनले जे निर्दिष्ट गर्छ त्यो भन्दा दायाँ बायाँ हाम्रो कार्यालयबाट केही काम हुँदैन् ।’ उनले महान्यायाधिवक्ता कार्यालयले अगाडि सारेका योजनालाई अगाडि बढाउने समेत प्रतिवद्धता जनाएका छन् । पदभार ग्रहणसँगै पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई बिदाइ पनि गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार