प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

शुक्रबार, साउन ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुदा राजनीतिक सल्लाहकारको भूमिकामा थिए । त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । खतिवडा पुर्व अर्थमन्त्री हुन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार