जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, साउन ४, २०८१

ललितपुर । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ केपीलासगढी गाउँपालिका-५ घर भएका २६ वर्षीय नरबहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  नर बहादुरले ती बालिकालाई ललाई फकाई ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित चाईनिज इटा टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार