काजु खेतीमा उपमेयर

शुक्रबार, साउन ४, २०८१

पथरी । माेरङ पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्ले काजु खेतीमा पुगेकी छन् । अनुगमन समिति संयोजक काफ्लेले काजु खेती र काजुको विरुवा उत्पादनको अनुगमन गरेकी हुन् ।  पथरी शनिश्चरे–३ का पूर्वशिक्षक भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा उत्पादन गरिरहेको समाचार सुनेपछि उप–प्रमुख काफ्लेले काजु खेतीकाे अनुगमन गरेकी हुन् । अनुगमनको क्रममा पोख्रेलले भनिन्, ‘मैले यो काजुको विरुवा भारतबाट ल्याएको हुँ, ३ वर्षपछिदेखि फल्न सुरु गर्‍यो, अहिले आम्दानीको हिसावले पनि राम्रै गरिरहेको छ ।’ पोखरेलले नगरसँग समन्य गरी काजु खेतीलाई प्रोत्साहन गर्न उप–प्रमुख काफ्लेलाई अनुरोध गरिन् । कृषि शाखा प्रमुख सविना राईसहित पुगेकी उप–प्रमुख काफ्लेले नगरमा सल्लाह गरेर काजु खेतीका लागि पनि प्रोत्साहित हुनेगरी कार्यक्रमहरू ल्याइने प्रतिवद्धता जाहेर गरेकी छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार