राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

शुक्रबार, साउन ४, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । हिजो बिहीबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेलले पर्सि आइतबार अपराह्न १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार