खेलकुदको विकासका लागि विहानदेखि वेलुकीसम्म खटिएको छु : मन्त्री चौधरी

शुक्रबार, साउन ४, २०८१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासको लागि सरोकारवालाहरुसँग छलफलमा जुटिरहेको बताएका छन् ।  राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा मन्त्री चौधरीले खेलकुदलाई विकासको बाटोमा डोर्‍याउन सरोकारवालासँग एकजुट भएर अगाडि बढ्न तयार रहेको बताए ।  उनले भने,‘म मन्त्री भएको केहि दिन मात्र भएको छ । छोटो अवधिमा खेलकुदलाई कसरी विकास गर्न सकिन्छ, योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य–सचिव र सरोकारवालसँग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु । खेलकुदलाई विकासको बाटोमा डोर्‍याउन सरोकारवालासँगग एक टिम भएर अगाडि बढ्न तयार छु ।’ मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले तीनसय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य–सचिवसंग छलफल भइरहेको जानकारी दिए । १० औं राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने पनि बताए । उनले नेपाली खेलाडी मेहनती, लगनशील र संघर्ष गर्न सक्ने भएको बताउँदै छोटो तयारीबाट खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार