क्वात्रा अमेरिकाका लागि नयाँ भारतीय राजदूत

शुक्रबार, साउन ४, २०८१

काठमाडौं । विनय मोहन क्वात्रा अमेरिकाका लागि नयाँ भारतीय राजदूत नियुक्त भएका छन् । भारतको मन्त्रिपरिषद्को बैठकले उनलाई अमेरिकाका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । लामो समय भारतीय विदेश सेवामा कार्यरत क्वात्रा  २०७६ माघमा राजदूत भएर काठमाडौं आएका थिए । त्यसअघि उनी फ्रान्सको राजदूत पनि भएका थिए । भारतीय विदेश मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा विनय मोहन क्वात्राको नियुक्तिको पुष्टि गरेको छ । अब छिट्टै उनले पदको जिम्मेवारी सम्हाल्नेछन् । भारतका विदेश सचिवको हैसियतमा विनय मोहन क्वात्राले धेरै अन्तर्राष्ट्रिय मुद्दाहरूमा भारतको अडानलाई दृढतापूर्वक प्रस्तुत गरेका छन् । विनय मोहन क्वात्रा १९८८ ब्याचका भारतीय विदेश सेवा अधिकारी हुन्, जसलाई मोदीले बढी विश्वास गर्ने अधिकारीहरू मध्ये एक मानिन्छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार