निर्माण व्यवसायीको भुक्तानी रोकिदैन : अर्थमन्त्री

शुक्रबार, साउन ४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तानी चाँडै गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटघाटमा उनले सरकार निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने भन्दै दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारेका हुन् । उनले भने,‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छु । समस्या आइसकेपछि समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ । निर्माण क्षेत्रले समयमा निर्माण सम्पन्न र गुणस्तरीय काममा ध्यान दिनुपर्छ । निर्माण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउँछ । समस्याको आगो तापेर बस्दैन्, समाधान गरेर अघि बढ्छ । सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन । १५ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ । भुक्तानी लिने प्रक्रिया पूरा गर्न आवश्यक छ ।’ उनले सम्बन्धित निकायहरूलाई निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी रोक्यो भन्ने नकारात्मक सन्देश तोड्न निर्देशन दिएको पनि जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार