कस्तो छ आजको मौसम पूर्वानुमान ?

शनिबार, साउन ५, २०८१

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग लगायत कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का  देखि मध्यम वर्षा हुनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ । त्यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार