अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन

शनिबार, साउन ५, २०८१

काठमाडौँ । बलिउड अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन भएको छ । फुड प्वाइजन भएपछि जान्ह्वी मुम्बईस्थित एक अस्पतालमा भर्ना भएको उनका पिता बोनी कपुरले जानकारी दिएका छन् । एनडीटीभीसँग कुरा गर्दै बोनी कपूरले जान्हवीको अवस्था अहिले राम्रो भएको र एक–दुई दिनमा निको हुने बताएका हुन् ।  जान्हवीको स्वास्थ्य विगत केही दिनदेखि ठिक नभएपछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो । जान्हवी हालै अनन्त अम्बानी र राधिकाको विवाहमा सहभागी भएकी थिइन् । जान्हवीको आगामी फिल्म उलझ हो । यो फिल्म अगस्ट २ गते रिलिज हुँदैछ । जान्हवी यस फिल्ममा आईएफएस अफिसरको भूमिकामा देखिनेछिन् । चलचित्रका निर्देशक राष्ट्रिय अवार्ड विजेता सुधांशु सारिया हुन् । चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गरेको हो । फिल्ममा जान्हवीका अलावा गुलशन देवैया र रोशन म्याथ्यू पनि देखिनेछन् । 'उलझ' बाहेक, जान्हवीसँग उनको किट्टीमा दुईवटा फिल्महरू छन् जसमा जुनियर एनटीआरसँग देवरा पार्ट वन र सनी संस्कारीको तुलसी कुमारी समावेश छ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार