यस्तो छ आजको विदेशी मुद्राको विनियम दर 

शनिबार, साउन ५, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ४७ पैसा र बिक्री दर १४६ रुपैयाँ १२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ६२ पैसा र बिक्री दर १७३रुपैयाँ ३९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार