नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन

शनिबार, साउन ५, २०८१

काठमाडौं । नेपाली कराते टोली भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल, भुटान, भारत र श्रीलंला सहभागि प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित  कुल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो । त्यस्तै,  भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो, श्रीलङ्का ५ स्वर्ण १८ रजत र ३१ कास्यसहित तेस्रो भएको छ । आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो । गएको वर्ष काठमाडांैमा भएको सातौँ संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार