भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म विकास असंभव : डा.भट्टराई

शनिबार, साउन ५, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टी गठन गरेर एजेन्डा उठाउदैँमा वैकल्पिक शक्ति बन्न नसकिने बताएका छन् । शनिबार डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम ः एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक अवधारणा, सोच, नीति र कार्यक्रम लिएर जानु मात्र वैकल्पिक शक्ति भएको भन्दै पार्टी गठन गर्दैमा वैकल्पिक नहुने बताए । उनले भने, ‘पार्टी गठन गर्ने, चारजना मान्छे जम्मा हुने, एउटा नेता हुने, एक खालको एजेन्डा उठाइदिने वैकल्पिक भन्ने जस्तो देखिन्छ त्यस्तो हुनु हुदैँन् । जसले वैकल्पिक अवधारणा, वैकल्पिक सोच, नीति कार्यक्रम र विश्व र नेपाल सुहाउँदो नीति व्यवहार र आचरण लिएर जान्छ त्यो नै वैकल्पिक भएर आउँछ ।’ यस्तै,उनले भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म नेपालको विकास हुन नसक्ने भन्दै यसलाई तथ्यको आधारमा नयाँ पुस्ताले अघि बढाउनुपर्ने बताए । उनले भने, ‘म कसैलाई गाली गर्ने पक्षमा छैन् । तर भारतको अर्थतन्त्र ठूलो छ, हाम्रो सानो छ । खुला सिमानाले गर्दा प्रतिस्पर्धा गर्नै सकिदैन्, त्यसले गर्दा भारतसँगको जुन असमान सम्बन्ध बन्यो, त्यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन ।’

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार