राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान 

शनिबार, साउन ५, २०८१

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि आज(शनिबार) त्यस तर्फ प्रस्थान गरेकी छिन् । चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको ८ औं चीन–दक्षिण एसिया प्रदर्शनीमा  सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन प्रस्थान गरेकी हुन् । उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधीमण्डल इष्टर्न चाईना एयरलान्इसको उडानबाट चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रिय सभाका सदस्यहरु मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह छन् । उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधी मण्डलले जुलाई २३ मा हुने प्रर्दशनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रर्दशनीको उद्घाटन कार्यक्रममा  उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरुसँग भेट गर्नेछ । प्रतिनिधिमण्डल २५ जुलाई, २०२४ मा नेपाल फर्कने तालिका रहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार