कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

शनिबार, साउन ५, २०८१

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले शनिवार घिमिरेलाई पार्टीको संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । सिन्धुली १ बाट निर्वाचित घिमिरे पार्टीको केन्द्रीय सदस्य तथा लेखा समितिको संयोजक समेत हुन् । यसअघि प्रमुख सचेतक रहेका नेता रमेश लेखक गृहमन्त्री बनेपछि रिक्त रहेको सो पदमा सभापति देउवाले घिमिरेलाई नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार