वर्तमान सरकार कमिसनका भरमा सञ्चालित छ : महासचिव गुरुङ्ग

शनिबार, साउन ५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गले वर्तमान सरकार कमिसन र भ्रष्टाचारीतन्त्रको भरमा सञ्चालन भएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको लमजुङ काठमाडौं सम्पर्क समन्वय समितिको छैठौं भेलामा बोल्दै उनले निवर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र  सुशासनको अभियान सुरु गरेपछि कमिसनतन्त्रको संयन्त्रमाथि ठेस पुगेको कारण सत्ता परिवर्तनको निष्कर्षमा पुगेको बताए । उनले भने,‘अहिले कमिसन र भ्रष्टाचारीतन्त्रको भरमा सरकार सञ्चालन गर्न लागेका छन् । अहिले विदेशी अनुहारका मान्छेहरु आएर शासन गर्ने त होइनन् भन्ने चिन्ता छ । अहिले गर्ने भनेको त कमिसन छुट्याउने मात्र हो ।’ ‘माओवादी नेतृत्वको सरकारले भष्टाचारी र कमिसनतन्त्रको विरुद्धमा काम थाल्यो । सुशासन कायम राख्न र भ्रष्टाचारलाई नियन्त्रण अभियान सुरु गर्न थाल्यो त्यसपछि कमिसनतन्त्रको संयन्त्रमाथि ठेस पुग्ने भएपछि कांग्रेस–एमालेका नेताहरु अत्तालिने थालेका हुन् अनि सरकार परिवर्तन नगरिकन हुँदैन् भन्ने निष्कर्षमा पुगे,’ महासचिव गुरुङले भने । महासचिव गुरुङ्ले माओवादीलाई समाप्त पार्न ओलीलाई अगाडि सारिएको आरोप पनि लगाए । पहिलेपनि माओवादीलाई समाप्त गर्न देउवालाई उभ्याएर सकिँदैन् भनेर उपेन्द्र यादव, माधव नेपालको पार्टी तोडफोड गरेर एमालेलाई ठूलो पार्टी बनाउन खोजेको गुरुङले बताए ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार