सबै दलको सहमतिमा मात्र संबिधान संशोधन गर्छौं : देउवा

आइतबार, साउन ६, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संबिधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका छन् । प्रतिनिधि सभामा बोल्दै सभापति देउवाले संबिधान संशोधन स्वाभाविक प्रक्रिया रहेको सबै दलको सहमतिमा मात्र संबिधानको संशोधन गरिने र संबिधानलाई सहभागिता मुलक बनाइने बताए । संबिधान निर्माण भएको आठ बर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संबिधान संशोधन गर्नुपर्ने उनले बताए । उनले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देशमा मा बदलिने विश्वासको व्यक्त गरे । उनले कांग्रेस र एमालेले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने बताए ।
 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार