‘प्रधानमन्त्रीज्यू, तथ्याङकलाई बङग्याएर भावनामा कहिलेसम्म चल्ने ?’

प्रधानमन्त्रीले भनेको जस्तो देशमा निराशाको अवस्था छैन : पूर्व अर्थमन्त्री पुन
आइतबार, साउन ६, २०८१

काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनले,प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बीचमा बिभिन्न संक्रमणका कारण आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको भन्दै  प्रधानमन्त्री ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका हुन् । उनले भने,‘प्रधानमन्त्रीजीले ऋणको अवस्था, नेपालको अर्थतन्त्रको बारे र जनताहरुमा निराशाको बारे बताउनुभयो । पछिल्लो दुईतीन वर्षमा कांग्रेस माओवादी , एमालेकोबीचमा गठबन्धन बन्यो । त्यसबीचका कुराहरुलाई उहाँले निराशाको रुपमा व्यक्त गर्नुभएको छ । त्यसलाई मंैले तथ्याङ्कबाट हेर्दा प्रधानमन्त्रीले भनेको जस्तो निराशा छैन् । बीचमा केही परिघट्नाले आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको छ ।’ उनले तथ्याङ्क अनुसार अर्थतन्त्र सकारात्मक रहेको भन्दै यस्तो अवस्थामा निराशाको कुरा के आधारमा गरिरहनुभइको छ ? उनको प्रश्न थियो ।  तथ्याङकलाई बङग्याएर यसरी भावनाको आधारमा चल्न मिल्दैन् । आज १९ महिनाको वस्तु आयात गर्ने पर्यात विदेशी मुद्रा रहेको भन्दै प्रधानमन्त्रीको भाषण तथ्याङ्कलाई हेरेर मात्र लेख्न सुझाव दिए । उनले भने,‘प्रधानमन्त्री सरकार छोड्दै गर्दा आर्थिक वृद्धिदर ४.८ प्रतिशत थियो । त्यसपछि तीन वर्षमा थुप्रै संक्रमणहरु भए । अहिले चार प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर छ । गत १.९ थियो । अहिले चार प्रतिशतको हाराहारीमा सकारात्मक अवस्थामा छ कसरी निराशाको कुरा गर्नुहुन्छ ? तथ्याङकलाई बङग्याएर यसरी भावनाको आधारमा चल्दैन् । १९ महिनाको वस्तु आयात गर्ने हामीसँग पर्यात विदेशी मुद्रा छ । पहिला ओलीज्यू प्रधानमन्त्री हुँदा कति थियो?उहाँको भाषण लेखिदिने साथीले हेरिदिनुहोला ।’

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार