पर्वतारोहण संघ र चीनको खेलकुद महासंघबीच चार बुँदे सम्झौता

आइतबार, साउन ६, २०८१

काठमाण्डौं । नेपाल पर्वतारोहण संघ र चीन जनसरकारको सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच सम्झौता भएको छ । आइतबार पत्रकार सम्मेलन गरी गत साता गणतन्त्र चीनको सिचाङ स्वायत्त प्रदेश सरकारको निमन्त्रणामा निची÷लुलाङ शहरमा ३–५ जुलाईमा भएको ‘ट्रान्स हिमालयन फोरम’ मा सहभागी भई नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच चार बुँदे सम्झौता भएको संघका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाले पर्वतारोहण क्षेत्रमा दुई देशबीचको ज्ञान, सीप आदानप्रदान तथा उच्च पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार र पर्वतीय संस्कृतिको प्रवर्द्धनका लागि चीन सरकारका उच्च पदाधिकारीहरुको उपस्थितिमा भएको सम्झौताले नेपालको पर्वतीय पर्यटनको प्रचार र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘उच्च पर्वतारोहण क्षेत्रमा दुई देशबीचको ज्ञान, सी आदानप्रदान तथा उच्च पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवर्द्धनका लागि चिन सरकारको उच्च पदाधिकारीहरुको उपस्थितिमा भएको सम्झौताले नेपालको पर्वतीय पर्यटनको प्रचार र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास हामीले लिएका छौं । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको अहिलेसम्मको ठूलो सम्झौता हो ।’
यस्ता छन् चार बुँदे सम्झौताहरु
१) पर्वतीय उद्धारमा सहयोग र सहकार्य
पत्रकार साथीहरुलाई थाहा नै छ कि प्रतिकूल मौसम, आवश्यक प्रविधि लगायत विविध कारणले गर्दा हाम्रो उच्च पर्वतीय क्षेत्रमा विभिन्न कारणले हुने दुर्घटनाहरुमा प्रभावकारी उद्धार कार्य हुन सकिरहेको छैन। यसले गर्दा उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुले मात्रै हैन, पदयात्रा र आरोहणका लागि जाने कति पर्यटकहरुले ज्यान गुमाउनुपर्ने अवस्था छ । यो समस्याको सम्बोधन गर्न यस तीन दिने ‘त्चबलक ज्ष्mबबिथबल ँयचगm’ मा मैले दुई देशविच ज्ष्नज– ब्तिष्तगमभ ःयगलतबष्ल च्भकअगभ अभलतभच स्थापना गर्ने प्रस्ताव गरेको थिएँ। मेरो प्रस्तावलाई चिनीया पक्षले गम्भिरताका साथ लियो। फलस्वरुप नेपाल पर्वतारोहण संघ र सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघविच उच्च हिमाली क्षेत्रमा हुने दुर्घटना वा अन्य आपत्कालिन अवस्थामा गर्नुपर्ने उद्धारको कार्यका लागि सहयोग र सहकार्य गर्ने सम्झौता भएको छ। यसको महत्वपूर्ण उपलब्धि स्वरुप तत्काललाई दुई पक्षविच ज्ष्नज–ब्तिष्तगमभ : यगलतबष्ल च्भकअगभ : भअजबलष्क स्थापना गर्ने सहमति भएको छ। नेपाल पर्वतारोहण संघसहित चिन र नेपालको सरकारी प्रतिनिधिहरु समेत रहने यस ःभअजबलष्कm ले उद्धार कार्यलाई थप छिटो, छरितो र प्रभावकारी बनाउनका लागि काम गर्ने छ।
२.आरोहण संस्कृतिको प्रवर्द्धन
नेपाल पर्वतारोहण संघ र सिचाड स्वशासित क्षेत्र खेलकुद महासंघविच आरोहण संस्कृक्तिको प्रवर्द्धन गर्ने सहमति भएको छ। त्यसका लागि दुबै निकाय मिलेर संयुक्त रुपमा ज्ष्mबबिथबल ःयगलतबष्लभभचष्लन ऋगतिगचब िऋभलतभच को निर्माण गर्ने सहमति भएको छ। दुबै निकायले आफ्नो र दुवै पक्षको आरोहण सस्कृतिको प्रवर्द्धन गर्ने र प्रवर्द्धन गर्न मद्दत गर्ने सहमति भएको छ।
३) पर्वतीय वातावरणको संरक्षण
नेपाल पर्वतारोहण संघ र सिचाड स्वशासित क्षेत्र खेलकुद महासंघविच पर्वतीय वातावरणको संरक्षणका लागि सहकार्य गर्ने सहमति पनि भएको छ। विशेषगरी दुवै देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गर्ने सहमति भएको छ। साथै, सगरमाथा लगायतका हिमालहरुको आरोहणमा जाने आरोहीहरुलाई थप जिम्मेवार बनाउँदै हिमाली वातावरणको संरक्षणमा काम गरिने छ।
४) आरोहण सम्बन्धि जनशक्ति उत्पादनमा जोड
आरोहण क्षेत्रमा अनुवभी जनशक्ति उत्पादनमा वर्षीको इतिहास कायम गरेको नेपाल पर्वतारोहण संघले सो कार्यको निरन्तरताका लागि सिचाड स्वशासित क्षेत्र खेलकुद महासंघसँग सहकार्य गर्ने सहमित गरेको छ। त्यसका लागि सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघविचले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि उनीहरुका आरोहीहरुलाई नेपाल पठाउने छ । मात्रै भएको छैन, पर्वतीय क्षेत्रमा हुने कुनै पनि समस्याको समाधान गर्न र आवश्यक सहकार्य र सहयोग आसान प्रदानका लागि सहज बन्ने विश्वास लिएका छौं।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार