महिला एशिया कपमा भारतको लगातार दोस्रो जित

आइतबार, साउन ६, २०८१

काठमाडौँ । जारी महिला एशिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले युएईलाई ७८ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । भारतले दिएको २०२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो । प्रतियोगितामा अब भारतले आफ्नो समुह चरणको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने छ भने सोहि दिन युएईले पाकिस्तानको सामना गर्ने छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार