संसदमा बोल्दा तथ्यपूर्ण बोलौं, झुटको सहारा नलिनु- प्रधानमन्त्री ओली

सोमबार, साउन ७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसदमा तथ्यपूर्ण रुपमा बोल्न र गलत कुरा नबोल्न सांसदहरुलाई आग्रह गरेका हुन् । उनले आइतबार संसदमा आफुले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले आफुले कुनै किसिमको लप्पन छप्पन नगर्ने बताउदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफुले स्पष्ट रुपमा राखेको बताए । संसदमा आफुले आइतबार मात्र बोलेको कुरालाई गलत रुपमा प्रस्तुत गरेको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार