धापाखेलमा उद्घोषण र नेल आर्ट सम्पन्न 

सोमबार, साउन ७, २०८१

ललितपुर । ललितपुर महानगर शिक्षा महाशाखाको सहयोगमा आयोजित उद्घोषण तथा भाषण कला र नेल आर्ट तालिम सम्पन्न भएको छ । १० दिने उक्त तालिममा सहभागी भएकालाई महानगर प्रमुख चिरीबाबु महर्जन र वडा नंं.२३ का वडा अध्यक्ष जीवन महर्जनले संयुक्त रुपमा प्रमाण पत्र प्रदान गरे । नगर प्रमुख चिरीबाबु महर्जनले तालिमका सहभागीलाई तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गरे । वडा नं. २३ का वडा अध्यक्ष जीवन महर्जनले तालिममा सिकेको ज्ञान र सीपलाई प्रयोग गरेर व्यवसायी बन्न सल्लाह दिए । पद्मप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक देवरत्न महर्जनले तालिम सिकेको ज्ञान र सीपलाई जीवनमा प्रयोग गर्न तालिमका सहभागीलाई अनुरोध गरे । विद्यालयले जीवन उपयोगी र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै महानगरभित्रका सामुदायिक विद्यालय तर्फ यस वर्ष एसइई परीक्षामा  पद्मप्रकाश मावि दोस्रो स्थान हासिल गर्न सफल भएको जानकारी दिए । धापाखेल क्षेत्र सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको उक्त तालिममा केन्द्रका सल्लाहकार देवराज लामिछानेले तालिम उपलब्धिमूलक भएको बताए । तालिमलाई अर्थ उपार्जनसँग जोड्नुु आजको आवश्यकता भएको उनले प्रष्ट पारे । युवालाई आत्मनिर्भर बनाउन सिकाई केन्द्रले लोकसेवा,  कम्प्युटर लगायतका विभिन्न तालिम संचालन गरेको केन्द्रकी  परिचालक रिता श्रेष्ठले बताइन् । तालिम सम्पन्न गर्न सहयोग गर्नुहुने सन्तोष खड्का लगायत तालिममा प्रशिक्षकहरुलाई उनले धन्यवाद दिइन् ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार