ह्यारिसले राष्ट्रपतिको उम्मेदवार बन्न प्राप्त गरिन आवश्यक डेलिगेट्सको समर्थन

मंगलबार, साउन ८, २०८१

काठमाडौँ । कमला ह्यारिसले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन जुटाएकी छन् । एक विज्ञप्ति जारी गर्दै ह्यारिसले आफुलाई राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त भएको घोषणा गरेकी हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्दै ह्यारिसको नामलाई राष्ट्रपतिको उम्मेदवारका लागि अगाडी सारेका थिए । ह्यारिसले भनेकी छन्- ‘हाम्रो पार्टीको उम्मेदवार बन्नको लागि आवश्यक समर्थन पाएकोमा मलाई गर्व छ । आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु । मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र डोनाल्ड ट्रम्पलाई हराउने हो ।' अब ह्यारिसको उम्मेदवारीलाई डेमोक्रेटिक पार्टीको आगामी अगस्त १९ देखि हुने नेशनल कन्भेन्सनले अनुमोदन गरेपछि उनी पार्टीको आधिकारिक उम्मेदवार बन्ने छिन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार