महिला लघुवित्तको सेयरमा लिलामी भर्ने आज अन्तिम दिन

मंगलबार, साउन ८, २०८१

काठमाडौं । महिला लघुवित्तको एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयरमा लिलामी भर्ने आज अन्तिम रहेको छ । कम्पनीले असार १७ गतेदेखि लिलामीमा ल्याएको सेयरमा आज लिलामी भर्ने अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्रमा आवेदन दिनुपर्ने हुन्छ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ७०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग ठमेल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार