महिला एशिया कप: नेपाल भारतसँग पराजित, प्रतियोगिताबाट बाहिरियो

बुधबार, साउन ९, २०८१

काठमाडौँ । नेपाल जारी महिला एशिया कपबाट बाहिरिएको छ । समुह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो । भारतले दिएको १७९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट फुमाउदै ९६ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले सर्बाधिक १८ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले १४ रन बनाएकी थिइन् । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउदै १७८ रन बनाएको थियो । भारतका लागि सेफाली बर्माले सर्बाधिक ८१ रन बनाएकी थिइन् भने दयालान हेमालताले ४७ रन बनाएकी थिइन् । त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन् । त्यसैगरी नेपाली बलर सिता राना मगरले २ र कबिता जोशीले एक विकेट लिएकी थिइन् । यो जितसँगै भारतले समुह चरणमा लगातार तीन खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ भने पाकिस्तान उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट नेपालले ३ खेलमा एक खेल जितेर २ अंकसहित तेस्रो हुदै बाहिरिएको छ । समुह ए बाट युएईले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार