प्रधानमन्त्री ओली विमान दुर्घटनास्थलमा जादै

बुधबार, साउन ९, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थल जादै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दुर्घटना स्थलमा नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाएका छन् । बुधबार बिहान करिब ११ बजे काठमाडौँबाट पोखरा उड्दै गरेको सौर्य एयरको विमान चिप्लिएर विमानस्थलमै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा पाइलटको उद्धार गरेर अस्पताल पुर्याइएको छ भने अन्य १८ जनाको शव निकालिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार