विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

बुधबार, साउन ९, २०८१

काठमाडौं । विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएपछि बाहिरबाट आएका विमानहरूलाई डाइभर्ट गरिएको छ । बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको हो । विमानमा १७ जना प्राविधिकसहित दुईजना चालक दलका सदस्य सवार रहेको विमानस्थलको कार्यालयले जानकारी दिएको छ । उद्धार गरेर अस्पताल पुर्याइएका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार