संसदीय सुनुवाइमा निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको गोप्य सुनुवाइ

बुधबार, साउन ९, २०८१

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानसँग भावी योजना र उजुरीहरूका बारेमा गोप्य रुपमा सुनुवाइ गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो । प्रधानले आफ्नो भावी योजना सम्बन्धि अवधारणा तथा कार्ययोजना प्रस्तुत गरेपछि सवाल जवाफ सुरु भएको थियो ,तर सवाल जवाफमा पत्रकारहरुलाई भने निकालिएको छ । सुरुमा पत्रकारहरुलाई पनि सहभागी गराइएको थियो तर प्रधानले प्रस्तुती सुनाएपछि सवालजवाफमा पत्रकारलाई नराख्ने निर्णय भएको सुनाइयो । प्रस्तावित आयुक्त प्रधानविरुद्ध यौन शोषणको उजुरी परेको थियो । 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार