सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

बिहीबार, साउन १०, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहिबार एकैदिन तोलामा २४ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख ४७ हजार ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १७ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ५ रुपैयाँ कायम रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार