सपोर्ट माइक्रोफाइनान्सको बढ्यो नाफा

बिहीबार, साउन १०, २०८१

काठमाडौं। सपोर्ट माइक्रोफाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ७५.०३ प्रतिशतले बढेर २ करोड ३८ लाख ४३ हजार रुपैयाँ पुगेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो । साथै, संभावित जोखिम बापतको रकम कम छुट्याउन पर्दा नाफामा टेवा पुगेको हो । यसअवधिमा खुद ब्याज आम्दानी १८.९१ प्रतिशतले बढेर ८ करोड २९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १९४.३८ प्रतिशतले बढेर २ करोड ९७ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । आघिल्लो वर्ष ३५ लाख ५७ हजार रुपैयाँ रहेको संभावित जोखिम वापतको रकम असार मसान्तमा ९ लाख ७३ हजार रुपैयाँमा आएको छ । गत असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १० करोड ७६ लाख रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार