नेप्से ३२ अंकले बढ्यो

बिहीबार, साउन १०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेप्से परिसूचक ३२ अंकले बढेको छ । विहिबार नेप्से ३२ अंकले बढेर २५६८.११ को विन्दुमा पुगेको छ । नेप्सेका अनुसार विहिबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँको कारोबार भएको छ । आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर एक लाख ५९ हजार ७५७ पटक खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ बराबरको कारोबार भएको छ । आज उपकार लघु वित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने जीवन लघुवित्त र एशियन हाइड्रोको शेयर मुल्यमा ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी मितेरी विकास बैंकको शेयर मूल्य सबैभन्दा बढी ७.६५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा जीआइसी इन्सुरेन्सको ३४ करोड १७ लाख ७९ हजार ९७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सिटिजन सुपर ३० म्युचुअल फण्डको ११ लाख ४६ हजार ७५० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार