चीन भ्रमण सकेर राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे स्वदेश फिर्ता 

बिहीबार, साउन १०, २०८१

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीनको पाँच दिने  औपचारिक भ्रमण सकेर विहीबार स्वदेश फर्किएकी छिन् । चीनको युनान प्रान्तको कुन्मिङ सहरमा  सम्पन्न  ८ औं चीन–दक्षिण एसिया प्रदर्शनीमा  सहभागी भएर उनी स्वदेश फर्किएकी हुन् । उपाध्यक्ष घिमिरे ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ५ गते चीन गएकी थिइन् । उपाध्यक्ष घिमिरेसंगै प्रतिनिधीमण्डलका सदस्यहरु  राष्ट्रिय सभाका सदस्यहरु मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह पनिस्वदेश फर्किएका छन् । उपाध्यक्ष घिमिरेले जुलाई २३ मा भएको प्रर्दशनीको उद्घाटन समारोहमा सम्बोधन गरेकी थिइन । सभामा सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति सँधै प्रतिबद्ध रहेको बताएकी थिइन् । नेपालमा पञ्चशिलको सिद्धान्तमा आधारित विदेश नीति संञ्चालनमा रही आएको तथा चीन र  नेपालबीच दौत्य सम्बन्ध कायम भए पश्चात चीन नेपाल सम्बन्ध नयाँ उचाईमा पुगेको पनि बताएकी थिइन् । भ्रमणका क्रममा उपाध्यक्ष घिमिरेले चीनको जन कंग्रेस स्थायी समितिका उपाध्यक्ष डिङ झोङ्गली, युनान प्रान्तका गर्भनर वाङ यूलगायतका चीनियाँ उच्च अधिकारीहरुसंग भेटवार्ता गरेकी थिइन् । भेटका अवसरमा चीनियाँ अधिकारीहरुले सहयोगको क्षेत्रलाई थप फराकिलो बनाउँदै जाने, नेपाली विद्यार्थीका लागि थप छात्रबृत्तिको उपलब्ध गराउने तथा नेपालको कृषि क्षेत्रमा प्रबिधी हस्तान्तरणलाई बढाउने प्रतिबद्धता जनाएका थिए । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार