बागमतीमा मन्त्रिपरिषद् विस्तार

१३ मन्त्रालय रहेको प्रदेशमा १४ मन्त्री
बिहीबार, साउन १०, २०८१

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषद् विस्तारका क्रममा उनले कांग्रेसबाट चार मन्त्री नियुक्त गरेका छन्। 

आज थपिएका मन्त्रीहरूलाई शपथ गराउने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिद्को कार्यलयले जनाएको छ। योसँगै रहेको १३ मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रीको संख्या १४ पुगेको छ।

मुख्यमन्त्री लामाले आजै मन्त्रीहरूको जिम्मेवारीसमेत तोकेका छन्। बिहीबार कांग्रेसबाट मन्त्री बन्नेहरूमा प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी रहेका छन्। तामाङलाई आर्थिक मामिला तथा योजना, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलाई युवा तथा खेलकुद र ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि बुधबार नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै, कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठको जिम्मेवारी भने पछि तोकिने भएको छ।

एमालेबाट यसअघि नै प्रकाश श्रेष्ठ कृषि, अमनकुमार मास्के भौतिक पूर्वाधार, किरण थापामगर स्वास्थ्य, कृष्णप्रसाद सिलवाल वन, प्रेमभक्त महर्जन श्रम रोजगार र शुकमाया तामाङ उद्योगमन्त्री नियुक्त भइसकेका छन्।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार