कांग्रेस नेता उदय शमशेरको बज्रबाराही अस्पताललाई भेन्टिलेटर सहयोग

शनिबार, जेठ २२, २०७८

ललितपुर । पूर्वअर्थ राज्यमन्त्री उदय शमशेर राणाले राणाले बज्रबाराही चापागाउँ अस्पताललाई दुईवटा भेन्टीलेटर सहयोग गरेका छन् । गोदावरी नगरपालिका ललितपुरका प्रमुख गजेन्द्र महर्जन मार्फत भेन्टिलेटर हस्तान्तरण गरिएको हो । नेपाली कांग्रेसका युवा नेता राणाले नगरपालिका लाई हस्तान्तरण गरे लगत्तै नगर प्रमुख महर्जनले दुइवटै भेन्टिलेटर बज्रबाराही अस्पताललाई हस्तान्तरण गरेका छन् । पूर्वमन्त्री राणाको आर्थिक सहयोगमा हस्तान्तरण गरिएको भेन्टिलेटर नेपाल भेन्टिलेटर सर्भिसले  गोदावरी नगरपालिकालाई उपलब्ध गराएको थियो । उक्त भेन्टिलेटर बज्रवाराही चापागाउँ अस्पताले ले प्रयोगमा ल्याइसकेको छ । कोरोना भाइरस कोभिड–१९ को दोस्रो भेरियन्टका कारण अहिले देश भरि अक्सिजन, आइसियु  तथा भेन्टिलेटरको आभाव भई अकालमा नगरिकले ज्यान गुमाउनु परेका अबस्थामा उक्त अस्पताललाई गरिएको यो सहयोगले ललितपुरका नागरिकहरुले उचित उपचार पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार