मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

शुक्रबार, साउन ११, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१-२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरिएको जानकारी दिएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको माग पूरा गरिदिएको छ । संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेपनि व्यक्तिगत कर्जा १५ करोडको सीमा भने यथावत रहेको गभर्नर अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार