भारत महिला एशिया कपको फाइनलमा

शुक्रबार, साउन ११, २०८१

काठमाडौँ । भारत जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । बंगलादेशले दिएको ८१ रनको लक्ष्य पछाएको भारतले ११ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाउदै ८० रन बनाएको थियो । अब भारतले उपाधिका लागि दोस्रो सेमिफाइनलका पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग आइतबार खेल्ने तालिका रहेको छ । दोस्रो सेमिफाइनल खेल आजै हुदै छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार