भेडेटारमा संचालनमा आयो स्काईवाक 

शुक्रबार, साउन ११, २०८१

काठमाडौं । धनकुटाको भेडेटारमा निर्माण भएको स्काईवाक सञ्चालनमा आएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्काईवाकको उदघाटन गरे । एक पटकमा दुईसय जना हिँड्न सकिने ५० मिटर लम्बाइ रहेको स्काईवाकको मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका हुन् । चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काईवाकको उचाइ भने १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो । उदघाटनपछि मुख्यमन्त्री कार्कीले वोन्डर्सअम्युज्मेण्ट पार्कस एण्ड अट्राक्सन्स प्रालि, ई.आकर्षण पोखरेल लगायतको टीमलाई बधाई एवम शुभकामना दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार