सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप परीक्षण

शनिबार, साउन १२, २०८१

रामेछाप । जिल्ला  ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप जाँच गरेको छ । मन्थली नगरपालिका–१ स्थिति कार्यालय अगाडि शनिबार बिहान खिम्ति–मन्थली–सेलेघाट क्षेत्रमा चल्ने सवारी साधनका चालकहरूको स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । रामेछाप सामुदायिक अस्पताल मन्थलीको सहयोगमा आयोजना गरिएको कार्यक्रम वाग्मती प्रदेशसभा सदस्य आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो । सो क्रममा खिम्ति–मन्थली–सेलेघाट चल्ने साना–ठूला सवारी साधनका ५० जना चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा १० जना चालकको रक्तचाप बढी तथा कम देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएका चालकलाई अस्पतालका डाक्टर केशवसिंह धामीले स्वास्थ्य सतर्कता अपनाउन आवश्यक परामर्श दिएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार