नेपाल साहित्यकारहरुको गन्तव्य मुलुक हो : प्रधानमन्त्री 

शनिबार, साउन १२, २०८१

काठमाडौं । लेखक, कवि एवम् साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरु एकसाथ विमोचन गरिएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार गौतमका ‘मेरो इतिवृति’, ‘नेत्रसरका तीन खण्डकाव्य’ र ‘भूत पिसाच’ नामक कृतिहरुको प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरे । साहित्यकार गौतमका शनिबार सार्वजनिक गरिएका तीनवटै कृतिहरुभित्र ६ वटा विभिन्न विषयसँग सम्बन्धित विषयहरु उल्लेख गरिएका छन् । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल साहित्यकारहरुको गन्तव्य मुलुक भएको उल्लेख गर्दै राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट समाज निर्माण गर्न लागि परेका व्यक्तिहरुलाई उचित सम्मान र संरक्षण गर्नुपर्ने बताए । नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्य जस्तासाहित्यकार जन्मिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उहाँहरुको विरासत नयाँ पुस्ताका साहित्यकारहरुले सम्हाल्नुपर्ने बताए । उनले भने, ‘समाज तथा राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट योगदान दिने स्रष्टाहरुलाई उचित सम्मान र संरक्षण गर्नुपर्दछ ।’ ‘हाम्रो देश साहित्यकारहरुको गन्तव्य मुलुक हो । भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल र बालकृष्ण सम जस्ता साहित्यकारहरु र महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यकार जन्माउने देश हो । नेपालमा एक जनाले भन्नुभएको थियो । भारतका तीन जना साहित्यकार जोड्यो भने बल्ल लक्ष्मीप्रसाद जस्ता सात्यिकार जन्मन्छन् भनेर । अबको पुस्ताले उहाँको विरासत सम्हालनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार