सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको धारा धारामा मानव अधिकार संरक्षणको हक लेखिएपनि त्यो कागजमा मात्र सिमित भएको बताएका छन् । शनिबार राजधानी काठमाडौंमा भएको मानव अधिकार संरक्षण सम्बन्धी कार्यक्रममा बोल्दै उनले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भएपनि कार्यान्वयनमा नआएको बताएका हुन् । उनले भने, ‘हामीले संविधानको धारा धारामा मानव अधिकारको व्याख्या लेख्यौं । सम्पत्तिको हक लेख्यौं, समानताको हक लेख्यौं, स्वास्थ्यको हक लेख्यौं, यातना विरुद्दको हक लेख्यौं, सूचनाको हक लेख्यौं । तर हकका कुरा लेखिएपनि गाउँ समाजमा एउटा मान्छेले बाच्नको लागी आत्मसम्मान पाइरहेको छैन । संविधानमा लेखिएका ति हकहरुले उसको कुनै मूल्य मान्यता राख्दैन भने त्यसको के काम ?’ साथै उनले सबैखाले हकहरुको सार हाम्रो समाज भएको बताए । उनले यहीँ समाजमा हरेक नागरिकले आत्मसम्मान पायो भनेमात्र मानव अधिकार संरक्षणको सबै विधा काम लाग्ने जिकिर गरे । शर्माले मानव अधिकार हकको वकालत गर्नका लागि राज्यले त्यसको प्रत्याभुत गर्नुपर्ने बताए । उनले भने, ‘वकालत गर्न सबै नागरिकलाई समानता प्रदान राज्यले गर्नुपर्छ । तर हरेकलाई अवसर दिलाउन सकिरहेका छैनौं । २१ औं शताब्दीमा पनि हामी छुवाछुत भनेर मानिरहेका छौं यसरी कसरी नागरिकलाई समानता प्रदान गर्नसक्छ ।’