ओलम्पिकको भव्य उद्घाटन

शनिबार, साउन १२, २०८१

काठमाडौं । सुन्दर सेन नदीमा डुंगामा परेड गर्दै र पुरानो परम्पराबाट पछि हट्दै ३३औँ ओलम्पिक खेलकुद पेरिसमा भव्य उद्घाटन भएको छ । उद्घाटन समारोहमा शुक्रबार फ्रान्सले आफ्नो सांस्कृतिक विविधता, क्रान्तिको इतिहास र भव्य वास्तुकलाको सम्पदा विश्वसामु प्रस्तुत गर्यो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका प्रमुख थोमस बाख एक साथ थिए । फ्रान्सेली फुटबलर महान जिनेदिन जिदानलाई एक पूर्व रेकर्ड गरिएको भिडियोमा ओलम्पिक टर्च लिएर पेरिसको सडकमा दौडिएको देखाइएको थियो । ओस्टरलिज ब्रिजबाट सुरु भएको छ किलोमिटर परेडमा २०६ देशका ६ हजार ८ सयभन्दा बढी खेलाडी र ८५ वटा डुङ्गामा शरणार्थी ओलम्पिक टोलीलाई लिएर गएको थियो । टोलीहरू फ्रान्सको वर्णमाला क्रममा आइपुगे । पहिलो ओलम्पिक खेलकुदका पिता ग्रीसको टोली आयो, त्यसपछि शरणार्थी टोली । नेपाली समय अनुसार शुक्रबार राति पौने १२ बजे सुरु भएको उद्घाटन समारोहमा नेपाली टोली १३१ औं स्थानमा रहेको थियो । नेपालका टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठले राष्ट्रिय झन्डा फर्फराएका थिए । ओलम्पिकमा विजेतालाई दिइने गोल्ड मेडल ४५५ देखि ५२९ ग्रामको रहेको बताइएको छ ।  गोल्ड मेडलमा ९८.५ प्रतिशत चाँदी र १.१३ प्रतिशत सुन मिलाएर बनाइएको छ । त्यस्तै यस ओलम्पिकमा विश्वभरबाट ४५ हजार स्वयंसेवकलाई भर्ना गरिएको छ । पेरिस ओलम्पिक ११ अगस्टमा सकिने छ । यो पटकको ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्नेछन् । मार्चपासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्नेछन् ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार