गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

शनिबार, साउन १२, २०८१

काठमाडौँ । सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुनपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको भद्रकालीमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले विरोध प्रदर्शन गरेका हुन् । सहभागीहरुले देशको आवश्यकता गाँजा वैधानिकता, गाँजा ज्ञान हो, संस्कृति हो, परम्परा हो, बाकसमा फर्किने कि जडिबुटी रोप्ने ? गाँजा सबको साझा लगायतका प्ले कार्डहरु प्रदर्शन गरेका थिए । उनीहरूले साउन २१ गते हुने सुनुवाइ मार्फत नै फैसला दिनुपर्ने माग राखी दर्शनको आयोजना गरेका हुन् । सहभागीका अनुसार प्रदर्शन २१ गतेसम्म चल्नेछ । 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार