इजरायली सेनाद्वारा गाजास्थित विद्यालयमा आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

आइतबार, साउन १३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ । विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिएका विद्यालयमा आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले मध्य गाजाको देइर अल-बालाहको पश्चिममा रहेको एउटा भवनमा रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको बताएको छ । यसअघि इजरायली सेनाले आतंकवादी गतिविधि र रकेट आक्रमणलाई ध्यानमा राख्दै दक्षिणी सहर खान युनिस वरपरको खाली ठाउँको सीमा समायोजन गर्नुपर्ने चेतावनी दिएको थियो । इजरायली रक्षा बलले गत हप्ता यस्तै आदेश जारी गरेको थियो जस अन्तर्गत आवासीय क्षेत्रको सीमा परिवर्तन गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार