नेप्सेमा सकारात्मक सर्किट, कारोबार बन्द

आइतबार, साउन १३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेप्सेमा सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द भएको छ । आइतबार कारोबार खुलेको एक मिनेटमै शेयर बजार ३.९९ प्रतिशतले बढेर २६७०.८२ विन्दुमा पुगेको थियो । मौद्रिक नीतिपछिको भएको पहिलो कारोबार दिन पहिलो मिनेटमा नै १०२.६८ अंकले बढेर २० मिनेटका लागि कारोबार बन्द भएको छ ।

प्रि ओपन सेसनमा नेप्से बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ अंकले बढेको छ । यससँगै सूचक २६०६.४१ विन्दुमा आएको छ । ९ कराड ६८ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १९२ कम्पनीको १ लाख ८० हजार ५ सय ६ कित्ता सेयर कारोबार भएको छ । कुल १६९ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ११ सय ९७ वटा कारोबार भएको हो ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार