मुकुल ढकालले दिए आयोगमा निवेदन, रास्वपाको विवरण अद्यावधिक नगर्न आग्रह

आइतबार, साउन १३, २०८१

काठमाडौँ । डा. मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । ढकालले आयोगमा निवेदन दिँदै रास्वपाले आफूलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धि ऐन अनुसार आयोगमा पार्टीको विवरण अद्यावधिक नगर्न आग्रह गरेका हुन् । उनले आफूलाई सफाईको अवसर नै नदिएर पदबाट हटाइएको जिकिर गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार