सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गायक तथा मोडेल दुर्गेश थापाको नयाँ तिज गित ‘झुम्का हरायो’ को प्रिमियर शो भव्यताका साथ समपन्न भएको छ । आइतबार आइप्लेक्स मलमा आयोजित प्रिमियरमा विभिन्न कलाकारहरूको सहभागिता रहेको थियो । उक्त गितमा लय शब्द दुर्गेश स्वयमकै छ भने आवाजमा गायिका शान्ति श्री परियार र पशुपति शर्माको रहेको छ । साथै गितमा दुर्गेश थापा, प्रियंका कार्की, गरिमा शर्मा, पेमा लामाको अभिनय रहेको छ । उक्त प्रिमियर शो पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नायिका प्रियंका कार्कीले दुर्गेशसँग काम गर्न पाउँदा खुसी लागेको बताएकी छन् । उनले यो रिल जोडी साच्चिकै नै सुहाएको जिकिर गरिन् । उनले भनिन्, ‘यो टिमसँग काम गर्ने मौका मिल्यो, नाच्दाखेरी कता कता हाम्रो सबै खाले कुराहरू मिलेको छ, जोडी पनि मिलेको छ, यो भिडियो हेर्दा म आफैं छक्क परेकी छु ।’ यस्तै दुर्गेश थापाले गायक पशुपति शर्माको आफू ठुलो फ्यान भएको बताएका छन् । उनले गायक शर्माले एक रुपैयाँ नलिएर काम गरेको समेत खुलाएका छन् ।