‘डिआइजी मनोज केसीलाई कसरि सरुवा गरियो ? गृहमन्त्रीले जवाफ दिनुपर्छ’

आइतबार, साउन १३, २०८१

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुँने बताएका छन् ।  आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले डिआइजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन् ।   उनले भने, ‘ विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो ?  दुई दिन भित्रमा किन र के कारण, के उदेश्यका लागी सरुवा गरिएको हो । यसको  उत्तर गृहमन्त्रीले दिनुपर्ने हुन्छ ।’ साथै उनले यो गठबन्धन कुन उदेश्यले बनेको हो भनेर समेत प्रश्न तेर्स्याएका छन् ।   उनले  नयाँ गठबन्धन बन्दै गर्दा अनुसन्धानको घेरा भित्र रहेर अनुसन्धान हुनुपर्नेलाई मन्त्री बनाएर पुरस्कृत गरिएको बताए । उनले मानव बेचबिखन र हातहतियार सम्बन्धि मुद्दा खेपेकाहरुलाई मन्त्री बनाएको आरोप लगाए ।  

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार