पटक पटक एउटै मान्छेलाई छानबिनको जिम्मा दिनु राम्रो होइन : राजेन्द्र लिङ्देन

आइतबार, साउन १३, २०८१

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्समा कुन प्रकारको छानबिन समिति बनाइएको हो  भनेर प्रश्न गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घटनाको  प्रमुख दायरामा अउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको  बताएका हुन् । उनले  भने,  ‘यो जहाजको जुन छानबिन आयोग  गठन भएको  छ, त्यसमा गम्भिर त्रुटि भएको भन्ने कुराहरू बाहिर  आएका छन् , यसलाई सरकारले सुनेर छाड्ने विषय  होइन, त्यो  सौर्य  विमान  पोखरा उड्नको  लागि उपयुक्त थियो की  थिएन भन्ने  कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो चाहीँ अनुसन्धानको पहिलो  दायरामा आउँछन् उनका भिनाजुलाई चाहीँ अहिले छानबिन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आएको छ यो  कुन प्रकारको छानबिन आयोग होला ।’  उनले  पटक–पटक एउटै मान्छेलाई छानबिनको जिम्मा दिएर सरकार मौन किन रहेको  भन्दै ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार